शिवानी बि.क
१० जेष्ठ ,कोहलपुर । कोहलपुर नगरपालिकामा ९५ जनामा सिकलसेल एनिमियाका बिरामी फेला परेका छन् ।
नगरपालिकाको ८ वटा पालिकामा परिक्षण गदा १ हजार व्यत्ति वाहक र ९५ जना सिकलसेल एनिमिया रोग संक्रमित रहेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका सिकलसेल एनिमियाका फोकल पर्सन शिव गौतमले जानकारी दिए । थारु समुदायमा देखा पर्ने सिकलसेल एनिमियालाई न्युनिकरण गर्ने उद्देश्यले नगरपालिकाले अभियानको रुपमा नगर क्षेत्रका १५ वटै पालिकामा जनचेतनाका कार्यक्रम संचालन गर्ने भएको छ ।
जसमध्य कोहलपुर नगर क्षेत्रका ८ वटा पालिकामा यसको अभियान सम्पन्न गरेको छ । यसैबिच बुधबार कोहलपुर नगरपालिका १५ चन्नहवामा अवस्थित राष्ट्रिय आधारभुत बिद्यालयमा सिकलसेल एनिमिया तथा थालेसेमिया रोग सम्बन्धि अभिमुखी कार्यक्रम संचालन गरीएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सिकलसेल एनिमिया तथा थालेसेमिया लागेका रोगिलाइ नगरपालिकाले एक लाख बराबरको निशुल्क औषधि उपचार सेवा प्रदान गर्दै आाएको थारु समुदायका व्यक्तिलाई जानकारी दिएका छन् ।
थारू समुदायमा लाग्ने यो रोग उपचार गरेर निको नभए पनि स्वास्थ्यकर्मिहरूको परामर्श र आजिवन औषधिको सेवनबाट नियन्त्रण गर्न सकिने भएका कारण निर्धक्क भएर स्वास्थ्य परिक्षण गर्न उनले आग्रह गरेका छन् ।यसमा नगरपालिका र आफ्नो व्यत्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरकि कन्सलटेन्ट प्याथालोजीकि डाक्टर प्रज्ञा गौतम घिमिरे सिकलसेल रोगका बिषयमा कार्यक्रममा उपस्थित थारु समुदायमा व्यक्तिलाइ जानकारी दिएकि थिईन् । यो रोग बाट बच्नको लागि विवाह गर्नु अघि सिकलसेल एनिमिया परिक्षण गर्न उनले सुझाव दिएकि छिन् ।
बाँके, बर्दिया कैलाली, दाङ, पश्चिमी भुभागका व्यक्तिले सिकलसेलको उपचार सेवा लिइरहेका छन् । सरकारले सिकलसेलका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।
सिकल भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो उनले भनिन् यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको उनले बताएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका १५ नं. वडा कार्यालयका दिपेन्द्र चौधरीले आफु र आफ्नो संतानको स्वास्थ्यको लागि नडाई निर्धक्क भएर नियमित स्वास्थ्य परिक्षण गरी सिकलसेल एनिमिया बच्न उनले आग्रह गरेका छन् ।
यसमा पालिका बाट सक्ने जति साथ र सहयोग गर्ने उनले बताएका छन् । सकलसेल एनिमिया र थालेसेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा ध्यान दिनुपर्ने बिज्ञहरुले बताउने गरेका छन् । सिकलसेल एनिमियाबाट नेपालको पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारू समुदायका व्यक्तिहरू प्रभावित भएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ चन्नहवाका थारु समुदायको सक्रिय सहभागिता रहेको थियो ।
कोहलपुर खबर । १० जेष्ठ २०८०, बुधबार १८:५३