नेपालगन्जमा बम विस्फोट, दुई जना घाईते

३० कार्तिक, बाँके/ बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगर स्थित जनस्वास्थ्य नजिकै एक घरमा बम विस्फोट हुँदा दुई जना घाइते भएकाछन् । घाईते हुनेमा विप्लव कार्यकर्ता डिल्ली विसीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।

बाँके प्रहरीका अनुसार बम पड्काउनेमा संलग्न दुवैजनालाई पक्राउ गरिएको छ। घाइतेहरुको नेपालगञ्ज भेरी अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएको छ। हाल उक्त क्षेत्रमा नेपाल आर्मी परिचालित गरिएको छ । विस्तृत विवरण आउँदै ।