नेपाल प्रेस युनियन बाँकेको पहिलो पटक वार्षिक साधारण सभा नेपालगन्जमा

नेपाल प्रेस युनियन बाँकेको पहिलो साधारणसभा सम्पन्न

नेपालगन्ज बाँके / नेपाल प्रेस युनियन जिल्ला शाखा बाँकेको वार्षिक साधारण सभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।

साधारण सभाको उट्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिवृद्धिले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए पनि प्रेस माथि नै पछिल्लो समय हस्तक्षेप बढ्दै गएको भन्दै यसले लोकतन्त्र माथि नै खतराको संकेत देखाएको बताए । प्रेस स्वतन्त्रताका लागि फेरी एकजुट भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल,ले विकास संगै समाजमा आउन सक्ने सम्भावित विकृतिको विरुद्धमा खरो रुपमा लाग्न अनुरोध गरे । नेपाली कांग्रेस बाँके सभापति नारायण प्रसाद गौडेलले पत्रकारहरुले कलमको माध्यमबाट मुलुकको परिवर्तनमा महत्वपूर्ण सहयोग गरेको र विकासको पक्षमा कलम चलाउन आग्रह गर्दै नयाँ पूस्तालाई पनि सञ्चार क्षेत्रमा आकर्षिक गर्नका लागि कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको उनले बताए ।

त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व महासचिव एवं नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक, युनियनका लिडर नेता निरज गौतम, युनियन बाँकेका पूर्व अध्यक्षको तर्फबाट जयनारायण शाहले आफ्नो धारणा व्यक्त गरेका हुन् ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियस्मृति ढकालले जिल्लाका पत्रकारहरुको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउँदै सोही अनुसार भावी दिनहरुमा जाने योजनाका साथ लागेको सभामा उनको भनाइ थियो ।

कार्यक्रममा युनियन बाँकेका उपाध्यक्षको स्वागत मन्तब्य पश्चात सचिव भिष्म लोधले युनियनले एक वर्षमा गरेको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष खडक बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थियो ।

यस्तै कार्यक्रमको बन्दशत्रले विविध बिषयमा छलफल गरी साधारण सभाले पत्रकारहरुको राहतका लागि एनपियू कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ । जोखिम अवस्था सिर्जना भएको बेला पत्रकारलाई सोही कल्याण कोषमार्फत सहयोग गर्न सहज हुने भएकाले कोष स्थापना गर्ने महत्वपूर्ण निर्णय गरिएको हो । युनियनका पूर्व अध्यक्ष जयनारायण शाहको संयोजकत्वमा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहीतको अध्यक्ष मण्डलले कोषलाई व्यवस्थित ढङ्गले संचालनका लागि कार्यबिधि निर्माण गरेर कार्यान्वयन गर्नेसमेत निर्णय गरेको सचिवले कोहलपुर खबरलाई जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य रबिन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष एवं ठकुरी पत्रकार संघ बाँके अध्यक्ष करुणा शाह, युनियनका अग्रज रुपनी ज्ञवाली, अवधी पत्रकार संघ बाँकेका प्रहलाद बिश्वकर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।