३० जेठ, कोहलपुर । कोहलपुरमा एक युवक रुखमा झुन्डिएको अबस्थामा फेला परेका छन् ।
कोहलपुर नगरपालिकाको नेपाल राष्ट्र बैंक नजिकैको सिमलको रुखमा कोहलपुर ११ का बिजय सिंह झुण्डिएको अवस्थामा भेटिएका हुन । ईलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार बिहान करिब ११ बजेतिर सिमलको रुखमा झुण्डिएको अवस्थामा सिंहको सब भेटिएको छ ।
घटनाबारे अनुसन्धान सुरु भएको डिएसपी तिवारीले बताए । शबलाई पोस्टमार्टम लागि नेपालगन्जको भेरी अस्पतालमा लगिएको उनले कोहलपुर खबरलाई जानकारी दिए ।
कोहलपुर खबर । ३० जेष्ठ २०८०, मंगलवार १७:०४