बुवाको सम्झनामा पत्रकारीता पुरस्कार घोषणा

३१ बैशाख कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका सचिव शुभाकर विश्वकर्माले आफ्ना स्व. बुवा दिप बहादुर कामिको सम्झनामा क्रियासिल पत्रकारीता पुरस्कार घोषणा गरेका छन ।

प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८ मा अबस्थित कुपिण्डे ताल भ्रमण तथा मासिक बैठकको अबसरमा उनले पत्रकारीता पुरस्कार घोषणा गरेका हुन । प्रत्यक बर्ष प्रेस सेन्टर कोहलपुर नगर समितिको स्थापना दिबसको अबसरमा प्रेस सेन्टरमा आबद्ध एकजना पत्रकारलाई उत्त पत्रकारीता पुरस्कार प्रदान गरीने उनले बताए । स्व. दिप बहादुर प्रतिष्ठान द्धारा प्रत्यक बर्ष एक जना क्रियासिल पत्रकारलाई पाँच हजार राशीको उक्त पत्रकारीता पुरस्कार प्रदान गरीनेछ ।

उनले भने मेरो पुजनीय बुवाको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको कुपिण्डेमा बसेको मासिक बैठकको अबसरमा यो पुरस्कार घोषणा गरेको हुँ । स्व. दिप बहादुर प्रतिष्ठान जुम्लाका अध्यक्ष समेत रहेका विश्वकर्माले पाँच हजार राशीको क्रियाशिल पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले प्रेस सेन्टरमा अबद्ध पत्रकारहरुलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने पनि बताए । ‘यो पुरस्कार मात्रै होइन, पत्रकारको लागी प्रेरणा पनि हो, यसले थप गतिशिल, अनुशासित र तथ्यपरक पत्रकारिताका लागि प्रेरणा दिने अपेक्षा गरेको छु विश्वकर्माले भने ।

यस अघि स्व. दिप बहादुर प्रतिष्ठान जुम्लाद्धारा जुम्लामा क्रियाशिल पत्रकारीता गर्ने एक जना पत्रकारलाई प्रोत्साहन स्वरुप दश हजार राशीको पत्रकारिता पुरस्कार घोषणा गरीसकेको पनि उनले बताए । उनले भने त्यसकै अनुरुप आफु कोहलपुरमा रही पत्रकारीता गरीरहेको र थोरै भए पनि कोहलपुरमा पत्रकारीता गरीरहेका पत्रकारको हौसलाका लागी पुरस्कार घोषण गरेको हुँ ।

प्रत्यक बर्ष प्रेस सेन्टर नेपाल कोहलपुर नगरको स्थापना दिबसको अबसरमा उत्त पत्रकारीता पुरस्कार प्रदान गरीने उनले बताए । नियमित बैठकमा बिशवकर्माले राखेको प्रश्ताव स्वागत योग्य भएको प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका अध्यक्ष पुष्पराज हमालले बताए । हमालले यो संगै आगामि दिनमा पत्रकारीता जगतलाई स्वच्छ र निष्पक्ष बनाउन यस्ता प्रोत्साहनका कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको पनि बताए ।