नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेको आयोजनामा गरिएको तीज लेखनवृद्धि प्रतियोगिताको प्रथम पत्रकार सरला सुवेदी भएकी छन् । प्रतियोगितामा सहभागि भएका सात जना महिला पत्रकारहरुमध्ये सुवेदीले लेखेको लेख प्रथम भएको हो ।
प्रतियोगितामा साबित्री बिश्वकर्मा द्धितिय र आरती कट्टेल तृतिय हुनुभएको छ । उत्कृष्ट भएसँगै उहाँहरु क्रमशः पाँच, तीन र दुई हजार रुपैयाले पुरस्कृत हुनुभएकी हुन् । युनियन बाँकेले लेखनबृति प्रतियोगितामा सहभागिताका लागि महिला पत्रकारहरुलाई आह्वान गरेको थियो सोही अनुसार प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिमला चौधरी, ममता थापा, शिवानी विक र शाहिदा बानोलेसमेतको सहभागिता रहेको थियो । उक्त लेखनमा उत्प्रेरित गर्नका लागि उहाँहरुलाई नगद एक-एक हजारका दरले पुरस्कृत गरिएको छ । प्रतियोगितामा सहभागिता जनाउने सबैलाई लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रमाण पत्र, नगर रकम सहित वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुर्मीले महिलाहरुको क्षमता बृद्धिका लागि यस्ता खालका प्रतियोगिता गरिन आवश्यक रहेको भन्दै महिला पत्रकारलाई उत्प्रेरणाको भवानासमेत विकास हुने मन्त्री कुर्मीले बताए । युनियन बाँकेले शुरु गरेको यो कार्यक्रमलाई आफुले सक्दो सहयोगसमेत गर्ने उहाँको भनाई रहेको थियो ।
त्यस्तै पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले यो कार्यक्रम राम्रो रहेको र यसलाई युनियनले निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्ने महिला पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि अन्य कार्यक्रमहरु बनाउन युनियनलाई अनुरोध गर्दै नेपाल प्रेस युनियन बाँकेले गतवर्षदेखि महिला पत्रकार लेखनबृति प्रतियोगिता आयोजना गर्दै आएको हुँदा आफु खुसि रहेको जानकारी दिएकी छन् । नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवं युनियनका नेता निरज गौतमको संयोजकत्वमा महासंघ बाँके उपाध्यक्ष करुणा शाह र क्रियाशिल महिला पत्रकार संघ बाँके अध्यक्ष साबित्री गिरी सम्मिलित पुरस्कार छनोट समितिले उत्कृष्ट लेखको छनोट गरेको थियो ।
युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा उपाध्यक्ष निशा शाहले स्वागत गर्नुभएको कार्यक्रमको उद्देश्यका बारेमा युनियनका अर्का उपाध्यक्ष कमल खत्रीले जानकारी दिनुभएका थिएँ भने पुरस्कार छनोटको आधार तथा मापदण्डका बारेमा संयोजक गौतमले प्रकाश पारेका हुन् । सोही अवसरमा नेपाल प्रेस युनियन विशेष अंङ्कसमेत सार्वजनिक गरिएको थियो । सो बुलेटिनमा प्रतियोगितामा सहभागि लेखलाई प्रकाशितसमेत गरिएको छ ।
कोहलपुर खबर । १७ भाद्र २०८१, सोमबार ००:४४