बैजनाथ गाउँपालिकाको साढें ७५ करोड बराबरको बजेट प्रस्तुत

७५ करोड ४३ लाख २४ हजार अनुमानित बजेट प्रस्तुत

१० असार, बैजनाथ । बैजनाथ गाउँपालिकाले साढें ७५ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको १५ औं अधिवेशनमा सोमबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले ७५ करोड ४३ लाख २४ हजार अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । यसअघि आइतबार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो ।

गाउँपालिकाको आय तर्फ संघीय समानीकरण रकम १५ करोड ४२ लाख, प्रदेश सरकार समानीकरण रकम १ करोड ९ लाख ६१ हजार, संघिय सरकार सर्शत चालु रकम २९ करोड, ५ लाख ४२ हजार, संघिय सरकार सर्शत पुँजीगत रकम ७ करोड ९ लाख ४४ हजार, प्रदेश सरकार सर्शत पुँजीगत रकम ८० लाख, संघिय सरकार विशेष अनुदान रकम २ करोड, प्रदेश सरकार समपूरक अनुदान ७० लाख, संघिय सरकार राजश्व रकम १३ करोड ३४ लाख, प्रदेश सरकार राजश्व रकम ७२ लाख ७७ हजार, आन्तरिक आय ३ करोड ५० लाख, घर जग्गा रजिष्ट्रेसन वापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिव १ करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ७७ करोड ७७ लाख १८ हजार ९ सय ७५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । उपाध्यक्ष रोकायले गाउँपालिकामा रहेका ८ वटै वडाहरु तथा गाउँपालिकालाई भौतिक पुर्वाधार अन्तर्गत ८ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् । पालिकाको अनिवार्य दायित्व समेतलाई बिचार गरी वडालाई ६० प्रतिशत र गाउँपालिकालाई ४० प्रतिशत बजेट बाँडफाड गरिएको बताइन् ।

यस्तै गाउँपालिकाको सामाजिक विकासतर्फ स्वास्थ्य सेवा, शिक्षा, युवा खेलकुद तथा सामाजिक समावेशिकरण, खानेपानी तथा सरसफाई, आर्थिक विकासतर्फ पशु सेवा, कृषि सेवा, पर्यटन, घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगारीलाई बजेटमा प्राथमिकता दिइएको छ । यसैगरी सुकुम्बासी तथा अब्यवस्थित बसोबासी, वन, वातावरण तथा प्रकोप ब्यवस्थापन, न्यायिक समिति, सेवा प्रवाह तथा सार्वजनिक प्रशासन लगायतलाई पनि बजेटमा समेटिएको छ ।

प्रस्तुत बजेटमाथी दफाबार छलफल गर्नका लागि सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले यही असार ३० गते सभाको तेस्रो बैठक पुनः बस्नेगरी स्थगित गरेका छन् । सोमबार अपरान्ह बसेको सभाको दोस्रो बैठकमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, १ देखी ८ वटै वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 9 people and textMay be an image of 7 people and text

May be an image of 4 peopleMay be an image of 8 people, people studying and text