अत्याधिक गर्मीका कारण बाँकेमा मृत्यु हुनेको संख्या ४ पुग्यो

५ असार, कोहलपुर ।  अत्याधिक गर्मीका कारण बाँकेमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

गए राति नेपालगञ्ज १ स्थाई घर भई माईतीमा बस्दै आएकी कोहलपुर १२ चप्परगौडी ४१ बर्षिया मुना शर्मा गौतमको अत्याधिक गर्मिका कारण निधन भएसंगै बाँकेमा अत्याधिक गर्मिले मृत्यु हुनेको संख्या ४ पुगेको छ । गएराती मृत्यु भएकी गौतम दिनमा कामको शिलसिलामा बिभिन्न स्थानमा पुगेर साँझ घर पुग्दा एक्कासि मुटु दुखेर रगत बमविट गरे संगै उनको मृत्यु हुन पुगेको स्थानियहरुले वताएका छन ।

यस अघि खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको मृत्यु भएको थियो । उनी शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए । सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यसैगरि गर्मिकै कारण नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको थियो । यसैविच गर्मिकै कारण कोहलपुर ११ लोकनगरका ८१ बर्षिय नोथी थारुको समेत गत राति निधन भएको उनका परिवारले जनाएको छ ।

दिन प्रतिदिन बाँकेमा अत्याधिक गर्मी बढे संगै मृतकको संख्या बढ्दै गएको छ ।