१ असार, बैजानाथ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बैजानाथले ८ वडामा वडा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ ।
आज बैजानाथमा एक कार्यक्रम आयोजना गरि नव निर्वाचित ८ वडाका पाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्षहरूलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य एवम् बैजनाथ गाउँपालिका पार्टी अध्यक्ष जय बहादुर वि.क. (प्रदिप) का अनुसार लोकतान्त्रिक पद्वतिबाट पार्टीले दिएको समयसीमा भित्र नै वडा सम्मेलन गरी नेतृत्व चयन गर्न सफल भएको बताए । यो वडा सम्मेलनलाई समयमानै सम्पन्न गर्न बैजानाथमा क्रियाशील रहेका सम्पूर्ण पार्टीका सहकर्मीहरुले महत्वपूर्ण भूमिका निभाएको वि.क. ले बताए । नयाँ चयन भएका सम्पूर्ण वडाका अध्यक्षहरुलाई बधाई तथा शुभकामना दिदै नयाँ नेतृत्वले पार्टीलाई अझ बलियो र सुदृढ बनाउनेमा बिश्वस्त रहेको बताए ।
यसैगरी बधाई तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि बैजानाथ गाउँपालीका ईन्चार्ज एवं प्रदेश सदस्य दल सिंहनाथ योगीले माओवादी पार्टीले तीन महिना जनतासँग रुपान्तरण अभियान सञ्चालन गरेको थियो जसलाई सफल बनाईयो र अर्को तीन महिनाको अभियानको थालनी भयो जसमा सदस्य नवीकरण र वडा सम्मेलन रहेका थिए । हामिले पार्टीले दिएको समय अवधिमा नै आठ वटै वडामा लोकतान्त्रिक विधि प्रक्रियाबाट नेतृत्व चयन गर्न सफल भएकोमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यवाद दिदै नयाँ चयन भएका अध्यक्ष हरूलाई पार्टीको बृहत बिकास र नेकपा माओवादी केन्द्रको म्यान्डेट अनुसार काम गर्न सफल हुनेमा पुर्ण आशा एवं बिश्वास रहेको बताए ।
२०८४ को चुनावमा आठ वटै वडालाई माओवादी मय बनाई यसलाई अग्र स्थानमा ल्याउन सफल हुने आशाका साथ गाउँपालिकाको नेतृत्व लिनसक्ने बताए । माओबादि केन्द्र बैजानाथ गाउँपालिका पार्टी अध्यक्ष जय बहादुर बि.क. प्रदिप का अनुसार वडा नं. ७ मा त्यहाँको जनताको मतले पुन: अध्यक्षमा सत्रुधन थारू दोहरीएका छन भने बाँकि सबै वडामा नयाँ नेतृत्व चुनियका छन जो पार्टीलाई बलियो बनाउन र वडाको नेतृत्व गर्न सक्षम रहेको बताए ।
बैजानाथ माओबादि केन्द्र वडा सम्मेलन बाट वडा अध्यक्षमा चुनिन सफल वडा नम्बर १ मा ध्रुव शाही, वडा नम्बर २ मा पुर्ण प्रसाद कोईरला, वडा नं ३ मा शेरबहादुर बस्नेत, वडा नम्बर ४ मा अमर बिसी, वडा नं. ५ मा लिखु थारु, वडा नम्बर ६ मा अमरनाथ योगी वडा नं ७ मा पुनः शत्रुधन प्रसाद थारु र वडा नम्बर ८ मा चिम्कु पासी रहेका छन् । कार्यक्रममा जय बहादुर विक (प्रदिप) ले सभापतित्व गरेका थिए भने प्रमुख अतिथि बैजानाथ गाउँपालिकाको इन्चार्ज एवं लुम्बिनी प्रदेश सदस्य दल सिंह नाथ योगी रहेका थिए । त्यसैगरी लुम्बिनी प्रदेश सदस्य देव बहादुर राउत, महेत शाही, महेन्द्र रोकाया, कुल बहादुर सुनार, कुवेर रिजाल, हुमर्त शर्मा, उपाध्यक्ष चक्रिमलन चन्द लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।
कोहलपुर खबर । २ असार २०८१, शनिबार २१:१७