नेपाल र नेदरल्यान्ड्सबीचको खेल कोहलपुरको खुल्ला मैदानमा देखाइँदै

२२ जेठ, कोहलपुर । आज बेलुकी ९: १५ मा सुरु हुने नेपाल र नेदरल्यान्ड्सबीचको टी ट्वान्टी विश्वकप क्रिकेटको खेल कोहलपुरको खुल्ला मैदानमा देखाइने भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजना र वर्ल्डलिङ्क कम्युनिकेशन लिमिटेडको समन्वयमा कोहलपुर न्यूरोड स्थित खुलामन्चमा ठूलो पर्दा अर्थात प्रोजेक्टरबाट प्रत्यक्ष प्रसारण गरिने छ । आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपालले समूह ‘डी’ को पहिलो खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ । डलासको ग्रान्ड प्रायरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ९स् १५ बजेबाट सुरु हुने छ। उक्त खेल हेर्नका लागि सबै नेपाली व्यग्र प्रतीक्षामा छन् ।

यहि कुरालाई दृष्टिगत गरि कोहलपुर न्यूरोड स्थित खुलामन्चमा ठूलो पर्दामा सबैले एकैपटक एकै साथ खेल हेर्न मिल्ने व्यवस्था मिलाइएकोले आज साँझ हुने नेपाल र नेदरल्यान्ड बिचको खेलमा सम्पूर्ण खेल प्रेमी यूवाहरुलाई नेपाली खेलाडिको हौसलाको लागि उपस्थिति भएर खेल हेर्न कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अनुरोध गरेका छन् । नेपाली टोली एक दशकपछि ट्वान्टी–२० विश्वकप फर्किएको छ ।

दुवै टोली जितसँगै यात्रा सुरु गर्न चाहन्छन् । यी दुई टोलीबीच हालसम्म १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भइसकेका छन् । जसमा नेदरल्यान्ड्सले ६ खेल जितेको छ भने नेपालले पाँच खेल जितेको छ।