अन्तरराष्ट्रिय अदालतद्वारा इजरायललाई सैन्य कारबाही रोक्न आदेश

१२ जेठ,काहलपुर । अन्तर्राष्ट्रिय न्यायालय ९आईसीजे० ले इजरायललाई रफाहमा सैन्य आक्रमण रोक्न आदेश दिएको छ।

अदालतका अध्यक्ष नवाफ सलामले मानवीय अवस्था चिन्ताजनक रहेकाले सैन्य कारबाही रोक्न आदेश दिएका हुन्।

अदालतले इजरायललाई तथ्य पत्ता लगाउने र संयुक्त राष्ट्र संघका निकायका अन्वेषकहरूलाई नरसंहारका आरोपहरूको अनुसन्धान गर्न र सम्भावित प्रमाणहरू सुरक्षित गर्न अनुमति दिन पनि भनेको छ।

न्यायाधीशहरूले इजरायलले एक महिना भित्र अदालतको आदेश कार्यान्वयन गर्न गरी अदालतमा रिपोर्ट पेश गर्नुपर्ने पनि उल्लेख गरेको छ।