दाङ ट्राफिकले चालक र सहचालकको सडकमै नि:शुल्क स्वास्थ्य जाँच 

(सागर थापा)

८ साउन दाङ / जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले एक सय साठी जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरीएको हो।

ट्राफिक प्रहरीले सवारी चालक तथा सह चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परिक्षण शिविरमा ती चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको हो ।

लमही बसपार्कमा भित्र स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकहरुको लागि स्वास्थ्य परिक्षण गर्नुका साथै आखाको पनि चेक गर्दै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरिक्षक झबिन्द्र परियारले बताएका हुन् ।

शिवीरमा एकै दिन मात्र १ सय ४ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएको थियो ।

उक्त कार्यक्रम दाङको लमहीमा नि.शुल्क स्वास्थ शिविर परिक्षणका क्रममा अधिकाशंलाई ब्लड प्रेसर र आँखाको समस्या देखिएको अस्थायी ट्राफिक पोस्ट लमहीका ट्राफिक प्रमुख बिक्रम बिकले जानकारी दिए।

लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले दाङ ट्राफिक प्रहरी आफैले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको स्वास्थ शिविरहरु जिल्लाका अन्य स्थानमा पनि आयोजना गरिने ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ लमही आँखा अस्पताल लमही नगरपालिका स्वास्थ शाखा दाङ यातायात व्यावसायि नागरिक समाज जनप्रतिनिधि पत्रकारहरु लगाएतको सहभागिता रहेकोे थियो ।