३० बैशाख, चितवन । चितवनमा स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको छ । आज बिहान भरतपुर महानगरपालिका(२६ को ददेनीमा विद्यार्थी लिनका लागि गएको कल्याणपुरमा रहेको स्मल हेभेन स्कुलको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आज बिहान स्कुलबाट विद्यार्थी लिनका लागि गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्मल हेभेनको स्कुल बसमा तीन वटा मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो । आगजनीबाट स्कुल बस पूर्णरुपले जलेको छ ।
बसमा आगजनी गरेको अज्ञात समूहले बसका सहचालकको मोबाइल समेत लूटेर लगेको र उक्त अज्ञात समूहले हामीले कारबाही गर्छौ भनेका थियौं र आज गरियो भनेर सहचालकलाई भनेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले बसमा आगजनी गरेर फरार रहेको उक्त ६ जनाको अज्ञात समूहको खोजी कार्य सुरु गरेको छ ।
कोहलपुर खबर । ३० बैशाख २०८१, आईतवार १६:०८