कोहलपुरमा पहिलो पटक नमुना नगर सभा अभ्यास सुरु

नमुना नगर सभामा युवाहरुलाई नेपालको संसदिय अभ्यास प्रक्रियाबारे जानकारी दिइने

    २८ बैशाख, कोहलपुर । ‘‘अवसर हामीलाई दिनुहोस परिवर्तन सबैका लागि ल्याउनेछौं” भन्ने मूल नाराका साथ कोहलपुरमा नमुना नगर सभा अभ्यास शुक्रबारबाट सुरु भएको छ ।

आज नमुना नगर सभा अभ्यास कार्यक्रमको उद्घाटन आज कोहलपुर नगरपालिकाको सभा हलमा गरीएको छ । कोहलपुर नगर युवा क्लव सञ्जालले वैशाख २८, २९, ३० र ३१ गते सम्म नगर सभा अभ्यास संचालन गर्नेछ । नमुना नगर सभामा कोहलपुर नगर भित्र नयाँ रचनात्मक के कस्ता काम गर्न सकिन्छ भन्ने मुद्धामा सभा केन्द्रित हुनेछ भने युवाहरुलाई नेपालको संसदिय अभ्यास प्रक्रियाबारे जानकारी दिइनेछ ।

नमुना नगर सभाका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले नीति निर्माणमा युवाहरूको अर्थपूर्ण सहभागी हुन आवश्यक रहेको बताए । “अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं ”  भन्ने मूल नाराका साथ कोहलपुर नगर युवा संजालले कोहलपुरमा विभिन्न गतिबिधि गरीरहेको र यो नमुना नगर सभा अभ्यास पनि एउटा नौलो प्रयास भएको उनले बताए । युवाहरूको लागि कोहलपुर नगरपालिका सधैं सक्रिय भएर युवा लक्षित कार्यक्रमहरू गर्न प्रतिवद्ध रहेने आचार्यले बताए । उनले भने ‘युवाहरू सामाजिक, आर्थिक, र राजनैतिक क्षेत्रमा मेरुदण्डको रुपमा उभिनु पर्छ गर युवा संजालले लयएको कुनै पनि प्रस्ताबलाई हामिले नकार्न नसकेको र आगामी दिनमा पनि नगरपालिकाको साथ रहने छ’ । यस्ता कार्यक्रमहरुले युवाहररूलाइ रचनात्मक तर्फ जोडिन सहयोग पुग्ने पनि बताए ।

यस्तै कोहलपुर नगरपालिकाकि उप प्रमुख संगिता सुवेदीले कार्यक्रममा सक्रिय सहभागी रहन आग्रह गर्दै कोहलपुर नगरपालिकामा किशोरी संजाल गठन गरिने बताईन् । जसले गर्दा किशोरीहरूको समस्या सहजरूपमा समधान गर्न सकिने उनको भनाई थियो । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलक राज ढकालले यस्तो कार्यक्रमले भविष्यमा युवाहरूले जुनसुकै क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने र अवसर प्राप्त गर्न सकिने बताए।

कोहलपुर नगर युवा संजालका अध्यक्ष रमेश वरले लुम्बिनी प्रदेशमा तेस्रोपटक कोहलपुरमा नमुना नगरसभा गरिएको जानकारी गराउँदै बजेट निर्माण तहमा युवाहरूको अर्थपूर्ण सहभागी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । ४ दिन सम्म चल्ने उक्त सभामा कोहलपुर नगर क्षेत्रका ६१ जना युवा सहभागी रहेका छन् । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र अन्य दात्री निकायको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरीएको हो ।