भब्यताका साथ मनाईयो कोहलपुर नगरपालिकाको स्थापना दिबस

आफु जनप्रतिनिधि भएर पनि कोहलपुरको विकासमा खासै सन्तुष्टि छैन : नगर प्रमुख आचार्य

२५ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले आज आफ्नो ११ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ । कोहलपुर नगरपालिकाले स्थापना दिवसको अवसरमा मंगलबारविहान ६ बजे कोहलपुर नगरपालिकाबाट सुरु गरीएको प्रभातफेरी कोहलपुर खुल्ला मन्चमा आएर कोण सभामा परिणत भएको थियो ।

११ औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश क्षेत्र नं. १ का संघिय माननिय सांसद सुर्य प्रसाद ढकालले कोहलपुरको समग्र विकासका निम्ति सबै एकजुट हुनुपर्ने बताए । राजनैतिक परिवर्तन ल्याउन केहि दल ब्यक्तिले संभव भएपनि सामाजिक आर्थिक परिवर्तन र विकासका निम्ति सवै जनता, दल र क्षेत्रको महत्वपुर्ण भुमिका अपरिहार्य रहेको औंल्याउदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ढकालले समाज परिवर्तनका निम्ति हामीले जहावाट भुमिका खेलिरहेका छौं त्यहाँ हामीले कत्तिको ईमान्दारीता र जवाफदेहिता दिईरहेका छौं भन्ने कुराले महत्व राख्ने बताए ।

यस्तै लुम्विनी प्रदेशका माननिय सांसद कृष्ण केसि नमुनाले हामी सबैको एउटै उद्धेश्य रहेको बताउदै कोहलपुरलाई कसरी संबृद्द बनाउन सकिन्छ र यहाँको बिकासका कुराहरुमा कसरी केन्द्रित हुन सकिन्छ भन्ने बिषयमा सबै पक्षको एकै स्वर र एकै बोली हुनुपर्नेमा जोड दिईन् । उनले पश्चिम् नेपालको केन्द्र बिन्दुमा रहेको कोहलपुरमा अथाह संभाबनाहरु रहेको औंल्याउदै प्रयाप्त ती संभाबनाहरुलाई राजनैतिक रुपमा एक्यवद्धताको मात्र खाँचो रहने जिकिर गरीन् ।

कार्यक्रमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले आफु जनप्रतिनिधि भएर पनि कोहलपुरको विकासमा खासै सन्तुष्टि नभएको बताउदै कोहलपुरको विकासको निम्ति सम्पुर्ण कोहलपुर बासिहरु एकजुट भएर लाग्नु पर्ने बताए । कोहलपुरमा राम्रो कामको प्रशन्सा गर्नु भन्दा नराम्रो काम खोतल्दै बिरोध सिर्जना गर्ने प्रवृति बढेको हुँदा यि सब कुराले बिकासमा अवरोध सिर्जना गरेको बताए ।

प्रभात फेरि सहित नगर परिक्रमा गरि सुरु गरिएको समारोहमा कोहलपुर नगरपालिका भित्रका बिभिन्न समुदायको सस्कृति झल्कने सास्कृतिक कार्यक्रम र झाकि मार्फत सन्देशमूलक र जनचेतना मुलक प्रस्तुति प्रस्तुत गरिएको थियो ।