बर्दियामा सशस्त्र प्रहरीद्धारा ६ किलो चरेशसहित एक महिला पक्राउ

बाँके ।

बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका–१ बस्ने ४५ वर्षीया आशा राईलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा बीओपी फुटाहाबाट खटिएको सशस्त्रको टोलीले उनको साथबाट ६ किलो चरेश फेला पारी नियन्त्रणमा लिएको हो ।

१२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।