कोहलपुरका डिएसपी सुन्दर तिवारीको सरुवा, डिएसपी धर्मराज भण्डारी आउँदै

८ चैत्र, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको सरुवा भएको छ ।

डिएसपी तिवारीलाई कोहलपुरबाट केन्द्रिय अनुसन्धान ब्युरो पिलर ८ सूचना संकलन विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा सरुवा भएको हो । डिएसपी सुन्दर तिवारी सहित प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

यस्तै इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी आउने भएका छन् । डिएसपी धर्मराज भण्डारी यस अघि केन्द्रिय अनुसन्धान ब्युरो पिलर १ संगठित अपराध, अपहरण, हातहतियार, विस्फोटक पदार्थ, डकैती अनुसन्धान शाखा महाराजगन्ज काठमाडौंमा कार्यरत थिए ।