कृष्ण दर्शन
कोहलपुर । स्थानीय कृष्ण दर्शनले भनाई औद्योगिक क्षेत्रको नाममा जनप्रतिनिधिको रजाइँ भएको उनले बताएका छन्।
सामाजिक अभियान्ता दर्शनले यस्तो लेख्छन त्यहाँको जग्गा तपाईंको होकि त्यो गाउँका समुदायको हो ।
औद्योगिक क्षेत्रको नाममा आएको बजेट बिकासका नाममा कमिशन पाउने लोभमा जनतालाई भ्रम छर्दै हुनुहुन्छ ।
औद्योगिक क्षेत्रको विकासले कस्लाइ फाइदा भएको छ थाहा छ तपाईंलाई …?
– यस्तो योजनाले केही वर्ग र केही व्यक्तिलाई मात्र फाइदा भएको छ । उनले लेख्छन् औद्योगिक क्षेत्र बनाउदा मलाई कुनै आपत्ति होइन …?
– मेरो भनाइ यति हो कि त्यहाँका जनसमुदाय र कृषि भुमिलाई असर पर्नु हुँदैन । भोट पाउने लोभमा जनतालाई असर पार्ने ठाउँमा विना कारण कृषि भुमी मिचेर बनाएको औद्योगिक क्षेत्रले अर्थतन्त्रमा सुधार आउनुको साटो त्यही समुदायमा भएका व्यक्तिहरुको गाँस, बास, कपासमा लात हान्ने काम हुदैछ ।
यस ठाउँमा बस्ती बस्दा जङ्गल फाडेर कृषि भुमी बनाएर बसेका हौ हामी त्यो जोस र जागर छ हामिमा,अझ भनौ मेरो सालनाल तेहि छ ।
विदेशी सहयोगको नाममा विकास गरेझैं देखाएर नेपाली जनता माथी ऋण नथप्नुस् नेता ज्यु, बोक्न सक्दैन अब यी मेरा बुढा आमाबा बुढाहड्डी र बेरोजगार युवकहरुले र हामी किसानहरुले कृषि क्रान्ति चाहान्छौ हामिलाइ यहि ठाउँमा नै रहन दिनुस ।
केही व्यक्तिको क्षणिक स्वार्थको लागि कोहि जनप्रतिनिधिले आफ्नो मनोमानी गर्न पाउदैन। भन्दै पालिका अध्यक्ष शाहीलाई समेत सन्देश यसरी दिएका छन् दिएका छन् । नत गरिवको जनताको मुखमा लात लाग्छ,नत कृषि योग्य जमीन मासिन्छ, नत जनसमुदाय नै प्रभावित हुन्छ । कमिसन खाने र खुवाउने खेल भईरहेको छ।
कोहलपुर खबर । २० फाल्गुन २०८०, आईतवार १५:२५