कोहलपुर ।
एभरेष्ट सैनिक सेकेन्डरी स्कुलले २८ औं बार्षिक उत्सव भब्य रुपमा मनाएको छ । विद्यालयको वार्षिक उत्सवमा बिभिन्न बिज्ञान प्रर्दशनी, सांस्कृतिक प्रस्तुति सहित आफ्नो बार्षिक उत्सव समारोहमा बार्षिक रुपमा विभिन्न बिधामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरष्कृत गर्नुका साथै सम्मान समेत गरेको हो ।
विगतका वर्षहरूमा एभरेष्ट सैनिक सेकेन्डरी स्कुलले यसैगरी नै वार्षिक उत्सव मनाउँदै आएको र विद्यालयले शिक्षाको गुणस्तरलाई वृद्धि गर्दै विद्यार्थीहरूको भविष्य निर्धारण गर्ने विद्यालयहरु मध्य एक महत्वपूर्ण विद्यालयको रूपमा एभरेस्ट सैनिक सेकेन्डरी स्कुललाई लिन सकिन्छ भन्दै यस विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्दै आएको कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले चर्चा समेत गरेकी हुन् । सामुदायिक विद्यालयको हकमा शैक्षिक स्तर उकास्न समेत संस्थागत विद्यालयहरुले ठुलो योगदान पुर्याउँदै आएका छन् ।
कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यम रावतले निजि क्षेत्रका विद्यालयहरूले संस्कार सहितको शिक्षा सहित हरेक क्रियाकलापहरूमा विद्यार्थी आफै सक्षम बन्दै आफ्नो भविष्य निर्धारण गर्ने अभियानमा लागेको विद्यार्थी हरूलाई अभिभावकहरूले पनि त्यत्तिकै हौसला दिन आवश्यक हुन्छ। घरबाट सिकाएको संस्कार र विद्यालयबाट सिकेको शिक्षा दुवै उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले यस विषयमा अभिभावकहरूले चासो र चिन्ता गर्नुपर्ने अवस्था आएको अध्यक्ष राउतले बताएका छन् । उनका अनुसार विद्यालयले मात्र वालवालिकालाई सवै कुरामा पूर्ण गराउछ भन्ने अपेक्षा अभिभावकहरुले त्याग्नुपर्ने भन्दै बालबालिकाहरुको इच्छा चाहना रुचि अनुसारको अध्यन समेत गरि उनीहरुको सकारात्मक भावनाको कदर गर्नुपर्ने मात्र नभई अनुसासित र सभ्य बन्नमा प्रेरणा समेत प्रदान गर्नुपर्ने धारणा राखेका हुन् ।
त्यस्तै कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक महेन्द्र शर्माले विद्यालयले आफ्ना बाल बालिकाहरुको सिकाइलाई सहज, सरल बनाउन विभिन्न टुल्सहरुको प्रयोगवाट शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रबन्ध निर्देशक शर्माले बताउदैं विद्यार्थीको उज्जवल भविष्य निर्माण गर्नका लागि विद्यालयले बालबालिकाहरुका निम्ति कुनै कसुर बाँकि नराखेको उनको भनाइ रहेको थियो ।
उनले विद्यार्थीहरुको चाहना अनुसारको शिक्षा, खेलकुद, सचेतनाका अभ्यास, प्रयोगात्मक क्रियाकलाप बिज्ञान कला तथा सांस्कृतिक कार्यक्रमहरुमा विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता हुने गरी विद्यालयले विभिन्न कार्यक्रम गर्दै आएको उनले बताएका छन् ।
विद्यालयका ईन्चार्ज राजु दहालले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै कार्यक्रममा नृत्यमा ट्यालेन्ट हन्टहरुको बेजोड प्रस्तुती रहेको थियो । नृत्य निर्देशक अनिता पौडेलले मुल्यांकन गरिरहेको सांस्कृतिक कार्यक्रमका अलावा विद्यार्थीहरुले बिभिन्न कला संस्कृती झल्कने गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्रिसा बाँकेका पूर्व अध्यक्ष दिनेश सिग्देल, शिक्षक महासंघका नगर अध्यक्ष राम प्रसाद चापागाई, बिभिन्न बिद्यालयका संस्थापक तथा प्रिन्सिपल, अभिभावक विद्यार्थी पत्रकारहरुको महत्वपूर्ण उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन विष्णु भुषालले गरेका थिए ।
कोहलपुर खबर । १९ फाल्गुन २०८०, शनिबार ०८:२१