कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजना तथा क्याम्पसको समन्वयमा सप्ताहव्यापी खेलकुद प्रतियोगिता सुरु भएको छ ।
राष्ट्रका लागि खेलकुद स्वास्थका लागि खेलकुद भन्ने मुलनाराका साथ क्याम्पसमा भलिबल प्रतियोगिता सुरु गरिएको हो । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत बांकेको कोहलपुरमा रहेको आंगिक क्याम्पसले विगत देखि अतिरिक्त क्रियाकलाप गदै आएको छ । आजको समयमा उच्च शिक्षा प्रदान गर्दै आइरहेको क्याम्पसमा अतिरिक्त क्रियाकलाप लाई सप्ताहव्यापि गर्दै आएको छ ।
खेलाडीहरु लाई भलिबल प्रदान गर्दै क्याम्पस प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि दान बहादुर हमालले खेलकुद नै खेलाडीहरूको पहिचान रहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत गरिने विभिन्न अतिरिक्त क्रियाकलापहरूलाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि यस क्याम्पटबाट हुने सम्पूर्ण खेलकुदका विधाहरूमा सबै खेलाडी विद्यार्थीहरूलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा ग्रयाजुएट स्कुल अफ एजुकेसन एवम् अतिरिक्त क्रियाकलाप समिति संयोजक ज्ञानेन्द्र शाही, ग्रयाजुएट स्कुल अफ व्यवस्थापनका विभागीय प्रमुख जीवन सिंह राठौर, ग्रयाजुएट स्कुल अफ हुम्यानिटिज एन्ड सोसियल साईन्सका विभागीय प्रमुख खोपिराम वलि, प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी ईकाइ समिति सभापति एकराज शर्मा, नेपाल रास्टिय प्राध्यापक संगठन ईकाइ समिति अध्यक्ष जयकृष्ण न्यौपाने, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मि, निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, प्रसासकिय अधिकृत वेदराज लम्साल लगायत क्याम्पसमा प्राध्यापकहरु, कर्मचारी, विद्यार्थीको उपस्थित रहेको रहेको मिडिया संयोजक एकराज शर्माले जानकारी दिए ।
कार्यक्रममा भलिबल सर्भिस गरिक्याम्पस प्रमुख दान बहादुर हमाल र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष देवेन्द्र बहादुरले संयुक्त रूपमा उदघाटन गरेका हुन् । सप्ताहव्यापी कार्यक्रममा छात्रा तर्फ ६ र छात्र तर्फ ६ गरि १२ समुहले दर्ता गराएका छ्न ।
खेलमा छात्र तर्फ नवराज वि.क. को समूह र शुक्रराज शाहीको समुहमा नवराज वि.क. को समुहले जित हात पारेको छ । खेल भोलि विहान ठिक सात बजे सन्चालन हुने स्वतन्त्र विद्यार्थी युनियनक कोषाध्यक्ष सुरेश चंदाराले जानकारी दिए । उक्त कार्यक्रमको सहजीकरण स्वतन्त्र विद्यार्थी युनियनका सचिव महेन्द्र प्रकाश मल्लले गरेका छन ।
कोहलपुर खबर । १२ फाल्गुन २०८०, शनिबार ०९:२४