कोहलपुर ।
कामना सेवा विकास बैंकल बाँकेको बैजनाथ गाउँपालिकाको जि गाउँमा रहेको प्रभात नमुना मा वि.मा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ कार्यक्रम गरिएको नेपालगन्ज शाखाका शाखा प्रमुख शैलेस शर्मा, काेहलपुर शाखाका शाखा प्रमुख राजेन्द्र वली र बैजनाथ शाखाका शाखा प्रमुख सुनिल आचार्यले बताउनु भएको हो ।
कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कता लगायतका विषयमा साक्षरता प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकिङका रिजिनल सपोर्ट हरिस अवस्थी ,सेवा प्रबन्धक अमृता राेकाया र सम्बन्ध प्रबन्धक उपेन्द्र राज भट्टले आधुनिक बैंकिङ उत्पादन र उपयोगबारे जानकारी प्रदान गरिएको थियो
कोहलपुर खबर । ११ फाल्गुन २०८०, शुक्रबार २१:०५