प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसमा कोहलपुरका क्रियाशिल २ जना पत्रकार पुरस्कृत

कोहलपुर ।

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी नगर कमिटि कोहलपुरले कोहलपुर क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा अहम भुमिका खेलेको भन्दै  क्रियाशिल २ जना पत्रकारहरुलाई सम्मानित गरेको छ ।

प्रेस चौतारी नेपाल अनुशासन आयोग सदस्य विष्णु प्रसाद वेल्वासेका पिता स्व. दुर्गा प्रसाद वेल्वासेको स्मृतीमा खडा गरिएको अक्षयकोषबाट बैकुण्ठ प्रसाद अधिकारी र पवित्रा परियारलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । प्रेस चौतारी लुम्विनी प्रदेह सह ईन्चार्ज रुद्र सुवेदी तथा लुम्विनी प्रदेश सभा सांसद बसन्ति अधिकारीले संयुक्त रुपमा ३ हजार पाँच सहित सम्मान पत्रले सम्मानित गरेको प्रेस चौतारी कोहलपुर नगर कमिटिले जनाएको छ ।

प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा हरेक बर्ष रु ६ हजार नगद, पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम बमोजिम अधिकारी र परियारलाई यस बर्षको दुर्गा प्रसाद वेल्वासे पत्रकारिता पुरस्कारका लागि छनौट भए बमोजिम सम्मान तथा पुरस्कृत गरिएको राशिका संरक्षक विष्णु प्रसाद वेल्वासेले बताएका छन ।

आज आयोजित कार्यक्रममा नेकपा एमालेका नेता तथा मदन भण्डारि पुस्तकालाय बाँकेका अध्यक्ष खिल प्रसाद भुसालले कोहलपुरमा क्रियाशिल १ जना पत्रकारलाई पुरस्कृत गर्ने गरि बार्षिक १५ हजार रुपैया उपलब्ध गराउने अक्षकोष रहेको घोषणा गरेको प्रेस चौतारी कोहलपुर नगर कमिटिका अध्यक्ष प्रमोद रिजालले बताएका छन ।

भुसालले मदन भण्डारी पुस्तकालय बाँके संरक्षण रहने गरि आफनो पिताको स्मृतीमा पुरस्कारको घोषणा गरेका हुन । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, कार्यसमिति सदस्य डिल्ली शाही, प्रदेश सभा सदस्य बसन्ती अधिकारी, नेकपा एमालेका क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष बलराम भट्टराई, कोहलपुर नगरपालिका ११ का वडा अध्यक्ष कल्पना अधिकारी शर्मा लगायत कोहलपुरमा क्रियाशिल २० जना भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रेस चौतारीका कोहलपुरका सचिव रवि रोकायले कार्यक्रम सञ्चालन गरेका थिए ।