दुर्गेस थापाले तताए अहिलेसम्मकै प्रथम बैजनाथ महोत्सवको माहोल

प्रथम बैजनाथ महोत्सवमा दुर्गेस थापाले अहिलेसम्मकै माहोल ताएका छन् । महोत्सवमा आएका चर्चित गायक तथा मोडल दुर्गेशको प्रस्तुतिले महोत्सवको माहोल तताएका हुन ।

दुर्गेशले एकपछि अर्को गर्दै आफ्न आएका बजारमा चर्चित गितहरूको प्रस्तुतीले दर्शक आकर्षित भएका थिए । दुर्गेशले चर्चित गीतको प्रस्तुतिमा दर्शकलाई नचाएका  हुन । सार्वजनिक बिदाका कारण आज बैजनाथ महोत्सवमा उत्तिकै दर्शकको घुइँचो रहेको थियो ।

दुर्गेशले महोत्सवमा आफ्नो पहिलो प्रस्तुतीमा ‘ भन भन भाइ हो राम्ररी भन बोलको गितबाट सुरूवात गर्दै दर्शकलाई मनोरञ्जन दिएका थिए । उनले बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बिच बिचमा, भाग भाग, जय सम्भु जय सम्भु’ गीतमा दर्शकलाई नचाएका थिए ।

घरेलु तथा साना उद्योग महासंघ बैजनाथको आयोजनामा बैजनाथ गाउँपालिका ५ न्यु सिटिको खुल्ला मैदानमा जारी महोत्सवमा आज गायक दुर्गेस थापा, कुलेन्द्र विश्वकर्मा र कलाकार बबिता धिताल, फायर म्यान सरोज खनाल लगायतको प्रस्तुती रहेको थियो । उनीहरुको प्रस्तुतीमा दर्शकहरू रमाएका थिए।