बैजनाथ महोत्सवमा चर्चित गायिका एलिना चौहानको प्रस्तुतिमा रमाए दर्शक

 

कोहलपुर ।

प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव-२०८० “कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र सम्मदि बैजनाथ अभियान भन्ने मुल नाराका साथ संचालन भैरहेको महोत्सवको नवौं दिन विहीबार चर्चित लोकप्रिय गायिका एलिना चौहानको बेजोड प्रस्तुति रहेको थियो ।

गायिका एलिना चौहानले बजारमा चर्चित भएका गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिएकी हुन् । महोत्सवमा चर्चित गायिका एलिनाले कट्ट हान्दिन्छु, धोकेबाजहौ तिमी, मिनिरल वाटर, यो भाग्यमा खोट छ लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । गायिका चौहानले गाएका सबै गीतहरुमा दर्शकहरु स्वरमा स्वर मिलाउदै हर्षाउल्लासका साथ रमाएका थिए ।
दैनिक हजारौ दर्शकहरुले मेलाको अवलोकन गर्दै आएको आयोजको भनाइ छ । महोत्सव माघ २१ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।