कोहलपुर नगरपालिकाको प्रशासकीय भवन सिलन्यास

३१ असार, कोहलपुर /  बाँकेको कोहलपुर नगरपालिकाको प्रशासनिक भवनको सिलन्यास भएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को बजेट र स्थानीय पूर्बाधार विकास विभागको अनुदान लागत साझेदारीबाट भवन निर्माण गर्न थालेको हो । भवनको नगरप्रमुख पुर्ण आचार्य र उप-प्रमुख संगीता सुवेदीले सिलन्यास गरेका हुन । भवन निर्माणका लागि नगरपालिकाले १५ करोड ३८ लाख विनियोजन गरेको छ ।

२०८१ साल पौषसम्म निर्माण सम्पन्न गर्ने गरी ज्वाइन्ट भेन्चरमा काम गरिरहेका एसोसियट, जय भवानी र रन्जितकार जेभीले नयाँ अत्याधुनिक प्रशासनिक भवनको ठेक्का पाएका छन । अत्याधुनिक प्रशासकीय भवन साढे ५ तले हुने नगर प्रमुख आचार्यले बताए ।

स्थानीय सरकारको ९ करोड र स्थानीय पूर्बाधार विकास विभागको ६ करोड अनुदान लागत साझेदारीमा अत्याधुनिक प्रशासकीय भवन निर्माण हुने नगर प्रमुख आचार्यले बताए ।