अब नेपालगन्जदेखि काठमाण्डौंसम्म बसमै आरामले जान सकिने

१२ माघ नेपालगन्ज ।

नेपालगन्ज देखि काठमाण्डौ र काठमाण्डौ देखि नेपालगन्जसम्मका लागि अत्याधुनिक नयाँ बस संचालनमा आएको छ । बिहीवार एक कार्यक्रमका विच नेपालगन्जदेखि काठमाण्डौ र काठमाण्डौदेखि नेपालगन्जसम्मका लागि तिनवटा अत्याधुनिक सिट जडान भएको आरामदायी बस संचालनमा आएको हो ।

नेपालगन्जमै पहिलोपटक निओलाइनर एयर बस कम्पनीको अत्याधुनिक आरामदायी सिट सहितको यात्रा गर्न सकिने बस संचालनमा आएको अनन्त सिद्धि बल्लव यातायात प्रालिका अध्यक्ष योगेन्द्र सिंह ठकुरीले बताउनुभयो । बसमा फोल्डिग सिट, एसी जडान, मोबाईल चार्जर होल्डर, वाइफाइ, पानीको व्यवस्था सहितको अत्याधुनिक बस संचालनमा ल्याएको यातायात प्रालिका अध्यक्ष ठकुरीले बताउनुभयो । पुराना तथा अन्य गाडी भन्दा फरक सिट भएको जाडो र गर्मीमा कुनैपनि झण्झट नहुने आरामले काठमाण्डौसम्म यात्रा गर्न सकिने खालको बस संचालनमा आएको उहाँले बताउनुभयो । बसमा ३७ सिट रहेको छ जुन यात्रुलाई कुनै किसिमको समस्या नहुने बस संचालनमा आएको उहाँले बताउनुभयो ।

यात्रुहरुको मागलाई मध्यनजर गर्दै तिनवटा बस संचालनमा आएको छ यसलाई थप गर्ने योजना समेत रहेको छ अध्यक्ष ठकुरीले भन्नुभयो । काठमाण्डौसम्म पुग्न बसमा दुईवटा चालकको सुविधा समेत रहेको उहाँले जानकारी गराउनुभयो । बसमा यात्रा गर्दा कुनै किसिमको थकान महसुुस नहुने खालको आरामदायी सिट भएको बस संचालनमा ल्याएको प्रालिका उपाध्यक्ष बिनोद थापाले जानकारी गराउनुभयो । यात्रा गर्दा थकानको महसुस नहुने सुरक्षितसाथ यात्रा तय गर्ने भएको हुनाले खोजी खोजी अनन्त सिद्धि बल्लव यातायात प्रालिको सुबिधा लिन सम्पुर्ण यात्रु महानुभावहरुमा अनुरोध गरिएको छ । यात्रा गर्दा कुनै पनि समस्या पर्दा सिधा प्रालिका उपाध्यक्ष ९८५८०८१५८७ मा सम्पर्क गर्न सकिने प्रालिले जानकारी गराएको छ ।