बैजनाथ गाउँपालिका वडा नम्बर ४ ले जेष्ठ नागरीक र एकल महिलालाई ब्ल्याङ्केट वितरणर

  ११ पुष कोहलपुर । पुष, माघको कठ्याङ्ग्रिदो जाडोको समय त्यसैमाथि बुढ्यौली उमेर। यो समय वृद्ध, वृद्धाका लागि धेरै सकसको समय हो । एक त उनीहरुलाई जाडो छल्न न्यानो कपडाको खाँचो पर्छ । जिन्दगी छ अभावमा बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र ? त्यसैमाथी घरपरिवारमा छोराबुहारीले नहेरेको अवस्था देखिन्छ । सरकारले दिने वृद्ध भत्ता दुई चार हजार हो । त्यसैले सबै आवश्यकता परिपूर्ति गर्न पनि मुस्किल नै हुन्छ । त्यसैमाथि जेष्ठ नागरिक न्यानो ओट्ने कपडाको आशामा थिए ।

आज उक्त विषयलाई मध्यनजर गर्दै बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले न्यानो कपडा ब्ल्याङ्केट वितरण गर्दै सम्मान गरेको छ। सम्मान ग्रहण गर्दै एक वृद्धले भन्छन् जाडोमा ब्ल्याङ्केट दिएर वडाले ठूलो गुण लगाएको भन्दै खुसी व्यक्त छन् ।            समय अनुसार चिसो छल्न ब्ल्याङ्केट पाइयो अहिले यति आवश्यक थियो । यो भन्दा ठुलो खुसी अरु के हुन्छ ।

कार्यक्रममा बोल्दै बाँकेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले छोराछोरीलाई आमाबुवाको महत्वको आभाष दिलाउने गरी न्यानो ब्ल्याङ्केट सम्मान गरिएको बताए । बैजनाथ गाउँपालिका-४ का बिभिन्न टोलहरुमा बसोबास गर्ने घरपरिवारका ७० र ७१ वर्ष उमेरका जेष्ठ नागरीक र एकल महिलालाई गाउँपालिकाको समन्यमा वडाले ब्ल्याङ्केट वितरण गरेको हो । यस अघिका वर्षहरुमा बिभिन्न सामाग्री बितरण गरेको अध्याक्ष  शाही बताउँदै स्थानिय सरकारले यस्था खालका कार्यक्रम ल्याउन आवश्यक रहेको र जेष्ठ नागरीकलाई अहिले हामिले सम्मान गरे भोलिका दिनमा हामिले पनि सम्मान पाउने अवसर मिल्ने शाहीले कार्यक्रम बताएका छन् ।

त्यस्तै बैजनाथ गाउँपालिका १ वडामा ७२ जना, २ वडामा ८४ जना, ३ वडामा ५६ जना र ४ वडामा ८१ जना जेष्ठ नागरिकहरुलाई प्रत्येक सम्बन्धित वडा कार्यालयमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,सामाजिक बिकाश समिति संयोजक लगाएत सम्बन्धित वडा अध्यक्षहरुको अध्यक्षतामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सप्पन्न भएको बैजनाथ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो ।

पुष,माघको यो चिसो अवस्तामा न्यानो होस भन्ने उदेश्यले बैजनाथ गाउँपालिका– ४ का बिभिन्न टोलहरुमा बसोबास गर्ने ३० जनालाई आज वडाबाट ब्ल्याङ्केटहरू वितरण गरिएको र ब्ल्याङ्केट लिन आउन बाँकी रहेका जेष्ठ नागरिकलाई भोलि र पर्सि न्यानो कपडा ब्ल्याङ्केट वडामा वितरणको कार्य भइरहने वडा अध्यक्ष प्रेमबहादुर शाहीले कोहलपुर खबरलाई जानकारी दिलका छन् ।