पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु

१० पुष बनेपा । काभ्रेपलान्चोक जिल्लाको नमोबुद्ध नगरपालिका १ का पूर्व वडाध्यक्षको निसास्सिएर मृत्यु भएको छ।

चिसोका कारण हिटर र आगो बालेर सुतेका ८२ वर्षीय पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ।

प्रहरीका अनुसार लामाकी श्रीमती असनी माया लामा बेहोस रहेको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ।

लामा दम्पतीले झ्याल ढोका बन्द गरी हिटर र फलामको कराइमा आगो बालेर सुतेको अवश्थामा निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।