भरुवा बन्दूकको छर्रा लागेर एक युवकको मृत्यु

१७ मंसिर दोलखा । सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका– २ झुलेमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा पशुपति चौलागाईं स्मृति प्रादेशिक अस्पतालमा आइतबार मृत्यु भएको हो ।

उनीसँगै शनिबार साँझ सिकार खेल्न गएका ६ जनालाई प्रहरीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।