बझाङमा ४.५ रेक्टर स्केलको भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका छन् ।

बझाङलगायत पश्चिम नेपालका जिल्लाहरुमा गत असोज १६ गते गएको भूकम्पपछि निरन्तर पराकम्प गइरहेका छन्।