तेल माग्ने पत्रकारको नाम सार्वजनिक गर्न ईप्रका कोहलपुरलाई पत्रकारहरुको चुनौती

४ मंसिर, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरलाई कोहलपुरमा उपलब्ध पत्रकारहरुले तेल माग्ने पत्रकारहरुको नाम सार्वजनिक गर्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

एक अनौपचारिक कार्यक्रममा ईलाका प्रहरी कार्यालयका केहि प्रहरी अधिकारीहरुले पत्रकारहरुले तेल माग्छन यस्को ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने फुटेज समाचारका रुपमा सामाजिक सञ्जालमा फैलिएपछि त्यस्ता गलत पत्रकारहरुको नामै सार्वजनिक गरि कारवाहि गरिनुपर्ने भन्दै कोहलपुरमा पत्रकारहरुको भेलाले संयुक्त बिज्ञप्ति जारी गर्दै उक्त अभिब्यक्तिमा आपत्ति जनाएका हुन् ।

मंसिर २ गते शनिबार नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले निम्तो दिई प्रहरीका सबै युनिटको उपस्थितीमा आयोजित अन्तर संबाद भनिएको कार्यक्रममा केहि प्रहरीहरुले बाँके जिल्लाका बिषयमा जिज्ञाशा राख्ने क्रममा उक्त अभिब्यक्ति आएको सहारा टिभि खबरमा आएको फुटेजमा प्रष्ट रुपमा उल्लेख गरिएको श्रब्य दृश्य सार्वजनिक भएको थियो ।

यस बिषयमा आफुहरु अपमानित भएको महशुस गर्दै पत्रकारहरुका साझा संगठन समाजवादि प्रेस संगठनका जिल्ला अध्यक्ष लोकनाथ शर्मा, प्रेस चौतारी कोहलपुर नगर कमिटी अध्यक्ष प्रमोद रिजाल, प्रेस सेन्टरका कोहलपुर नगर अध्यक्ष पुष्पराज हमाल, क्रियाशिल पत्रकार समुह कोहलपुरका महासचिव रवि रोकाय, प्रेस युनियनका बाँके जिल्ला सदस्य मार्सलराज संज्याल र नेपाल जनजाती आदिवासि पत्रकार महासंघ बाँके जिल्ला कोषाध्यक्ष दिपक राईले आफु र आफनो संगठनको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्ता ब्यक्तिहरुको नाम २४ घण्टाभित्र सार्वजनिक गर्न अपिल गरेका छन ।

पत्रकार महासंघ बाँकेका अध्यक्षले समेत कोहलपुरमा त यस्तो हुदो रैछ नेपालगञ्जमा त यस्तो हुदैन भन्दै गरेको भिडियो सहारा टिभि खबरले प्रशारण गरेको थियो । उक्त अन्तरसंबादमा आफुले अनुमतिमै उक्त भिडियो कैद गरेको सहारा टिभि संबद्ध पत्रकार हिमान्सु शाहीको दावि रहेको छ । प्रहरी अधिकारीहरुबाट पत्रकारहरुले तेल माग्छन भन्ने शब्दले क्रियाशिल पत्रकारहरुको आत्म सम्मानमा ठेस पुगेको समेत ठहर गरेका छन ।

यता ईलाका प्रहरी कार्यालयले भने सामान्य अनुभव आदान प्रदानमा भएका कुराहरु सामाचारका रुपमा सार्वजनिक भएपछि आश्चर्यमा परेको बताएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले पत्रकारहरुलाई लाञ्क्षणा लाउने उद्धेश्यले यस्तो अभिब्यक्ति नआएको भन्दै अनुभव आदान प्रदानका क्रममा भएका कुराहरु आधिकारीक नभएको जिकिर गरेका छन ।