रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ


२३ कार्तिक,काठमाण्डौ । सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिनुभएको थियो ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिएको थियो । रिगल फेरि जेल चलान भएका छन् ।

क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।