मुख्यमन्त्री कोहलपुर गोल्डकप : दुबै टिमका कोचले भने उपाधि जित्ने गरी खेल्छौ

२१ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि भोली त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र चर्च व्वाईज यूनाइटेड काठमाडौँ भिड्ने भएका छन् ।

कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा बुधबार पत्रकार सम्मेलन गर्दै त्रिभुवन आर्मी र चर्च व्वाईजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफुले जानेको अनुभव र सिपको भरपुर प्रयोग गरी उपाधि हात पर्ने दावी गरेका छन् । त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको भन्दै आफ्नो टिमले फाईनलमा कडा प्रदर्शन गर्ने बताए । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवासले बताए ।त्रिभुवन आर्मीका कोच आदर्श मल्ले आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्ले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई धन्यवाद समेत दिएका थिए ।

यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि लिनेमा ढुक्क छन् । राईल भने आफ्नो टिममा युवा खेलाडी छन, सबै एउटै उमेर समूहका खेलाडी भएकोले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गरे । चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि रहेको बताएका छन् । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन’ उनले भने, ‘बाहिरी खेलाडीहरु छैनन् ।’ अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यि टिमबाट नै देशकै उत्कृष्ट खेलाडि बनाउने आफ्नो सपना रहेको कोच राईले बताए । राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा खुसी लागेको बताए । उनले आयोजकसंगै व्यवस्थापक टिमलाई धन्यवाद समेत दिएका थिए ।

प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिताका तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । भोली अन्तीम दिन भएकोले दर्शकहरुलाई कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा आई कोहलपुर गोल्डकपको दोस्रो संस्करण मुख्यमन्त्री कोहलपुर गोल्ड कपलाई सफल पार्न सम्पुर्ण खेल प्रेमी, कोहलपुर लगायत बाँके बासिहरुलाई अध्यक्ष क्षेत्रीले आग्रह गरे ।  कोहलपुरको गौरबको रुपमा रहेको गोल्डकपको अन्तीम दिन पनि दर्शकका लागी प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए ।