१९ कार्तिक, कोहलपुर । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा एभिनियर एफ.सी. क्यामरुनलाई पराजित गर्दै दुधौली स्पोर्ट क्लब सिन्धुलीले विजयी सुरुवात गरेको छ ।
कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको चौथो दिनमा भएको खेलमा दुधौली स्पोर्ट क्लब सिन्धुलीले एभिनियर एफ.सी. क्यामरुनलाई ट्राइब्रेकरमा (६-७) गोलको अन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा क्यामरुनलाई (६-७) गोल अन्तरले पार्दै दुधौली स्पोर्ट क्लबले विजयी सुरुवात गरेको छ ।
एभिनियर एफ.सी. क्यामरुनका ३ जना खेलाडीले खैल दौरान पहेलो कार्ड पाएका थिए भने १ जना खेलाडिले भने रातो कार्ड पाएका थिए । दुधौली स्पोर्ट क्लबका १ जना खेलाडीले पहेलो कार्ड पाएका थिए । दुधौली स्पोर्ट क्लबलका खेलाडी लोकेश चौधरी म्यान अफद म्याज धोषित भएका छन ।
नेपाली काँग्रेसका नेता पोषण केसीले चौधरीलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो । एभिनियर एफ.सी. क्यामरुन गत वर्षको कोहलपुर गोल्डकप-२०७९ को विजेता हो ।
मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा भोली आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली विच प्रतिस्पर्धा हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए । तेस्रो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र बि.एफ.सि. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३-१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । तेस्रो र चौथो दिनमा विजयी सुरुवात गरेका त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र दुधौली स्पोर्ट क्लब सिन्धुली विच कडा प्रतिस्पर्धा हुने खेल संयोजक मल्ले जानकारी दिए । मल्लका अनुसार खेल ३ बजेबाट सुरु हुनेछ ।
कोहलपुर खबर । १९ कार्तिक २०८०, आईतवार २०:२१