दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति शौचालय बाट फरार

१३ कार्तिक,दाङ । दाङमा प्रहरी नियन्त्रणमा रहेका विवेक नेपाली फरार भएका छन्।स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला नेपाली भागेका थिय ।

शौचालय जान्छु भनेर भागेपछि उनको अहिले खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेको हो ।