नेपाली कांग्रेसको चियापान समारोहमा प्रधानमन्त्री प्रचण्ड लगायतका शीर्ष नेताको सहभागी

कात्तिक ११ काठमाडौं । नेपाली कांग्रेसले दशैंपर्वको अवसरमा शनिबार केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रम गरेको छ ।

चियापान कार्यक्रममा कांग्रेसका नेता कार्यकर्ता, अन्य राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्री, सभामुख, राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापानको थालनी गरेको नेताहरू बताउँछन् । २०३८ सालसम्म बीपीले यसलाई निरन्तरता दिएका थिए ।

कांग्रेसको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु पुगेका थिए ।

(फोटो फिचर)