९ कार्तिक,दाङ । दाङको लमहीमा १६ दिनकी नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ परेकी छिन । बुधवार दिउँसो लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले आफ्नै छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख, एसपी रामबहादुर केसीले बताए । ‘घरपछाडि लगेर तरकारी काट्ने चक्कुले छोरीको घाँटी रेटी रहेको अवस्थामा निर्माका देवरले देखेपछि जोगाएको हुन । शिशुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
कोहलपुर खबर । ९ कार्तिक २०८०, बिहीबार १०:५८