२६ असोज,काठमाण्डौ । सरकारले इजरायलमा रहेका २ सय ५४ जना नेपालीलाई उद्धार गरेर आज विहान काठमाण्डौ ल्याएको छ। सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताउनुभयो । इजरायल बाट आएका नेपाली काठमाण्डौ आइपुगदा उनीहरु आफानो परिवार लाई देख्न पाँउदा निकै खुसी देखिन्थे ।
कोहलपुर खबर । २६ आश्विन २०८०, शुक्रबार ११:५७