स्थानीयतहका कर्मचारी जिल्ला संघर्ष समिति बाँकेमा गठन

२५ असोज, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा बुधबार भएको कर्मचारीको जिल्ला भेलाले बाँकेमा आन्दोलनरत स्थानिय तहका कर्मचारीहरुले संघर्ष समिती गठन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ ।एकीकृत निजामती सेवा ऐनमा २० बुँदे मागलाई यथाशिघ्र सम्बोधन गर्न गराउन दबाब दिने उद्देश्यले गठित समितिको सदस्यहरुमा खजुरा गाउँपालिकाबाट खगेन्द्रबहादुर मल्ल, बैजनाथबाट पूर्णप्रसाद जैसी, कोहलपुर नगरपालिकाबाट सुवास पौडेल र शिला गौतम, जानकीका दिपक केसी, नरैनापुरका लक्ष्मीकान्त मिश्र, डुडुवाबाट रामअचल यादव, राप्तीसोनारीका मनोज वली र नेपालगन्ज उपमहानगरपालिकाका पूजा बस्न्यात तथा सदस्य सचिवमा नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना रहेका छन् । मंगलबार काठमाण्डौमा कर्मचारीमाथि दमन भएपछि उनीहरु अझ आक्रोशित भएका छन् । स्थानीय तहका कर्मचारीले गत शुक्रबारदेखि पेन डाउन गरेर काम रोकेका छन् ।