२३ असोज, कोहलपुर। इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा शोक शभा तथा दीप प्रज्वलन गरिएको छ ।
स्वतन्त्र बिद्यार्थी युनियन बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले मंगलबार शोक शभा तथा दीप प्रज्वलन गरेको हो । हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो । त्यस आक्रमणमा परेर १० नेपाली विद्यार्थीको ज्यान गएको छ । उनीहरू कृषि अध्ययनका लागि इजरायल पुगेका थिए ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका थिए ।
नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ । शेक शभा तथा दीप प्रज्वलन कार्यक्रममा बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमाल, बिभिन्न संकायका प्रध्यापक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कोहलपुर खबर । २३ आश्विन २०८०, मंगलवार १९:४३