२२ असाेज,काेहलपुर । ज्ञान, शील र एकता भन्ने मुलनाराका साथ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोहलपुर इकाई समिति, बाँकेले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा एक दिवसीय नगर अभ्यास वर्ग कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपाल कोहलपुर नग्र कमिटी अध्यक्ष एकराज शर्माले ज्ञान के हो ? शिल के हो र एकता के हो भन्ने विषयमा आफ्नो धारणा राखेका थिए।
उनले भने आजको समयमा विद्यार्थीले किताबको ज्ञान मात्र होइन अन्य ज्ञान लाई पनि ग्रहण गरेर अगाडी बढ्नुको विकल्प नभएको वताए । आज अनौपचारिक शिक्षाले औपचारिक शिक्षा लाई मद्दत गरि कर्तव्य, जिम्मेवारी, धैर्यता, ईमानदारीता र कृयासिलताबाट मात्र व्यक्ती सक्षम र सबल भई लक्ष्यमा पुग्न सक्ने कुरामा जोड दिए । आजका विद्यार्थीमा नैतिकता र ईमानदारिताको कमि भएको एकताको भावनामा कमि भएको गुण र सिलमा कमि भएको वताए । पढनु मात्र नभैइ जिवनलाई परिवर्तन ल्याउनु पनि ज्ञान भएकोले आफू र आफ्नो परिवर्तनका साथै समाज परिवर्तन गराउन लाग्नु पर्ने कुरामा जोड दिए ।
“विद्यार्थी शक्ति राष्ट्र” नेपाल आमाको जय भन्दै प्राज्ञिक विद्यार्थी परिषद नेपालका रास्टृय संगठन सचिव रमेश कडेलले नेपालका आदर्श पुरुष गौतम बुद्द जसले ज्ञानको आधार तयार गरेको वताए उनले भने हामीमा नेतृत्व पहिचान गरेर आदर्श पुरुषका भनाइ लाई अंगिकार गर्नु पर्ने वताए । गौतम बुद्द्का चार आर्यसत्यबाट यो परिषदको चिन्तन रहेको वताए । आम विद्यार्थीमा नेतृत्वको सीप,बोली बचनको सीप हुनुपर्नेमा जोड दिए ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर स्व वि यु अध्यक्ष देवेन्द्र बहादुर बुढाले सबै विद्यार्थीहरु ज्ञान, शिल र एकतामा लाग्न अनुरोध गरे । कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै राम्रो कार्यमा स्व वि युले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
कर्णाली प्रदेश उपाध्यक्ष भिम रोकाएले प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटी लाई पुनर गठनको प्रस्ताव पेश गर्दै आगामी दिनमा सबै एकजुट भएर विभिन्न काम गर्न अनुरोध गरे । कार्यक्रमले आगामी दिनको कार्यदिशा प्रदान गर्न नगरस्तरिय नयाँ नेतृत्व समेत छनौट गरेको छ । उक्त कार्य समितिले मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्माको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति छ्नौट गरेको छ । जसमा
प्राज्ञिक विद्यार्थी परिषद नेपाल कोहलपुर नगर अध्यक्ष एकराज शर्मा, कल्पना खत्री उपाध्यक्ष, अप्सरा रावल सचिव, भेषराज धमला सह सचिव, कोषाध्यक्ष कमल चन्द, नगर पत्रीका संयोजक सिवानी विश्वकर्म, प्रतिक्षा बांठा छात्रा प्रमुख र सदस्यहरुमा कमला खनाल, दुर्गा प्रसाद चौधरि, स्वस्तिका बस्नेत, मुस्कान बम, मिना खनाल, हरि भुषाल, जीवन वलि, सेखर विश्वकर्मा सर्वसम्मत चयन गरिएको भिम रोकायले जानकारी दिए । कार्यक्रमको सहजीकरण जनता रैकाले गरेकी थिन । उक्त कार्यक्रममा कर्णाली प्रदेश सह सचिव पवन शाही कर्णाली प्रदेश सह छात्रा प्रमुख दिपा वलि प्रदेश सदस्यको उपस्थित रहेको थियो । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर र ज्ञान बहुमुखी क्याम्पसका विद्यार्थी लाई सहजीकरण गरिएको थियो ।
कोहलपुर खबर । २२ आश्विन २०८०, सोमबार १६:००