२१ असोज, कोहलपुर । चोरीको अभियोगमा बाँके प्रहरीले आईतबार एक जनालाई पक्राउ गरेको छ ।
भदौ १८ गते बाँके खजुरा गाँउपालिका वडा नं. ६ सिमलघारी स्थित आर.के. ज्वैलर्सबाट सुन चाँदीका गर गहना र असोज १५ गते जनता दुग्ध उत्पादक सहकारी सस्था लि.बाट ल्यापटप र असोज १९ गते खजुरा गाँउपालिका ३ को दिप शिखा ज्वैलर्सबाट सुन चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सुर्खेतको सिम्ता गाँउपालिका ५ बस्ने बर्ष २३ को शिव नेपालीलाइ आज पक्राउ गरीएको हो ।
ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलिले बिशेष सूचनाको आधारमा नेपालीलाइ चोरीको सामान सहित पक्राउ गरीएको हो । शिलशिलेवार रुपमा चोरी गरेका सुनको टुक्रा ५ ग्राम, चाँदिको औठी १२ थान, चाँदिको सिक्री ८ थान, चाँदिको मुन्द्रा ४५ थान, चाँदिको जन्तर २ थान, चाँदिको ब्रासलेट २ थान, चाँदिको पायल ४ थान, चाँदिको बिछिया ८ थान, चाँदिको लकेट १४ थान चाँदिको सिक्का ३ थान, चाँदिको बाला १० थान, चाँदिको दुक्रा ८० ग्राम, ल्यापटप १ थान, नगद रु ६ हजार नौ सय ७५ साथै चोरी गर्दा प्रयोग भएका दरौती, पेचकस, रेन्ची, हथौडा, पिलास, चक्कु सहित नेपालीलाइ पक्राउ गरीएको प्रहरीले बताएको छ ।
उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अधि बढाईएको प्रहरीले बताएको छ ।
कोहलपुर खबर । २१ आश्विन २०८०, आईतवार २०:०३