भूकम्पको धक्का महसुस

१६ असोज, कोहलपुर ।  बाँकेमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ः४९ मिनेटमा  बाँके सहित पश्चिमका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

यस्तै ३: ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।