दार्चुलामा सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गयो


१२ असोज,दार्चुला । दार्चुलाको शैल्यशिखरमा सिँढीबाट लडेर ७० वर्षीया वृद्धाको ज्यान गयको छ ।दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा ९ गाँजरी बस्ने ७० वर्षीया कलावती महरको आफ्नै घरको सिँढीबाट लडेर बेहोस भएकी महरको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक बलेन्द्रनाथले जानकारी दिनुभएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।