७ असोज, कोहलपुर । युवा युवतीको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुर्याउने उद्देश्यले आयोजना गरिएको मिस्टर्स एण्ड मिस कोहलपुर २०८० प्रतियोगिताको पहिलो चरणको छनौट प्रक्रिया शनिवार सम्पन्न भयको छ। श्निवार सम्पन्न भएको छनौट प्रतियोगितामा ४ जना सहभागी रहेका थिए । २ महिला र २ पुरुषले सहभागिता जनाएको हुन । कोहलपुरमा रहेको सारदा इभेन्टको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन लागेको यो प्रतियोगिता पश्चिम नेपालको सबैभन्दा ठुलो धनराशी र अवसर भएको सौन्दर्य प्रतियोगिता रहेको छ, प्रतियोगितामा १५ देखि २५ वर्ष उमेर समूहका युवा युवती सहभागी रहेका छन । प्रतियोगितामा सहभागी प्रतियोगीहरु भौतिक तथा शारिरीक सुरक्षाको पूर्ण रुपमा संवेदनशीलता अपनाएर प्रतियोगिताको आयोजना गरिएको आयोजकले दावि गरेको छ । प्रतियोगिता बिजेता प्रतियोगीलाई नगद सहित शैक्षिक छात्रवृती समेत प्रदान गरिने इभेन्टका निर्देशक गौतमले बताए ।
कोहलपुर खबर । ७ आश्विन २०८०, आईतवार ०६:०८