नेपाल ईट्टा उद्योग महासंघको १५ औ वार्षिक साधारण सभा सम्पन्न

No description available.

४ असोज,कोहलपुर । नेपाल ईट्टा उद्योग महासंघको १५ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्द अध्यक्षता रहेको थियो भने माननिय उधोग वाणिज्य तथा आपुर्ति मन्त्री श्री रमेश रिजालको प्रमुख आतिथ्यता रहेको थियो ।यसै अवसरमा मन्त्री रिजालले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उदघाटन गर्दे महासंघले समसामायिक लेख रचना तथा सुचनाहरु समावेश गरेको बाँके विशेषाङ्क बुलेटिन पनि विमोचन गरेका थिए ।

उद्योगी व्यवसायले व्यवसायिक निष्ठालाई व्यवहारमा लागु गर्दे राज्य प्रतिको दायित्वलाई भुल्न नहुने बताए । आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागी सरकार र निजी क्षेत्रबाट समन्वय एवम सहकार्य जरुरी हुने बताउँदै सबै ईट्टा उद्योगहरुले उत्पादनमा गुणस्तर कायम राखदै वातावरणमैत्री प्रविधिको प्रयोगले सामाजिक आचारसंहिताको पालना,बालश्रम मुक्त उधोग सन्चालन गरी पारदर्शिता र जवाफदेहिताका साथमा दायित्व निर्वाह गर्न र गराउन सबै ईट्टा उद्योगी व्यवसायी हरु लाई आग्रह गरेका छन् ।

No description available.

ईट्टा उद्योगी व्यवसायीहरुको वृद्धि विकासको साथै गुणस्तरीय ईट्टाको उत्पादन वातावरण मैत्री आधुनिक प्रविधियुक्त सामाजिक उत्तरदयित्व सहित श्रमिक मैत्री रुपमा ईट्टा उद्योग संचालनमा रहेको छ । सरकारले पुँजीगत खर्चमा नैराशय देखाउँदा ईट्टाको प्रयोगमा नीतिगत उदासीनताले गर्दा ईट्टाको बाजार खुम्चिन गई ईट्टा उद्योगीहरु ठुलो मर्कामा परेको नेपाल ईट्टा उद्योग महासंघको अध्यक्ष शंकर बहादुर चन्दले बताए । ईट्टा उद्योगको सुमग्र विकासका लागी आगामी दिनमा सबै जना सँगै मिलेर आधारभुत कुरामा सहकार्य गरेर राष्ट्र समृद्धितर्फ अगाडि बढ्न सक्ने बताउदै लुम्बिनी प्रदेशमा मात्र २ सय ५१ वटा ईट्टा भट्ट भयको जानकारी दिए ।

No description available.

वार्षिक साधारण सभामा देशभरी बाट ४ सय जना ईट्टा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

No description available.