३ असोज, काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस मनाइएको छ ।बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायतको उपस्थिति थियो ।
समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएका थिए। हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै सुरक्षा निकायका विभिन्न समूहले कवाज प्रस्तुत गरे। त्यस्तै विभिन्न साँस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए।
यो आठ वर्षअघि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको सम्झनामा संविधान दिवस मनाइने गरीन्छ।
कार्यक्रमका केही तस्बिरहरु,
कोहलपुर खबर । ३ आश्विन २०८०, बुधबार १२:५७