दोस्रो मैत्रीपूर्ण खेल आज नेपाल र म्यानमारबीच

२५ भदौ, काठमाडौं । दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज नेपाल र म्यानमारबीच हुँदैछ । शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरी सकिएको थियो । पहिलो खेलमा नेपालका अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो । म्यानमारको यांगुनस्थित मैदानमा खेल नेपाली समयअनुसार अपराह्न सवा चार बजे सुरु हुनेछ ।