वर्डलिंकले तुलसीपुरमा निशुल्क एसिया कप २०२३ देखाउने

 

१३ भदौ  तुलसीपुर । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ को प्रत्यक्ष प्रशारण तुलसीपुरमा निशुल्क हुने भएको छ ।

वर्डलिंक कम्युनिकेशन लिमिटेड तुलसीपुर शाखाको प्रयोजन तथा युथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित ड्रिम्स पार्टि प्यालेसमा खेलको निशुल्क प्रशारण गरिने भएको हो।

आज एक कार्यक्रमको आयोजना गर्दै वर्डलिंक कम्युनिकेशन तुलसीपुर शाखाका सेल्स सुपरभाईजर सागर थापाले नेपालले पहिलो पटक ऎतिहासिक सहभागीता जनाउन लागेको उपलक्ष्यमा प्रोजेक्टर मार्फत खेल देखाउन लागिएको जानकारी दिनुभएको थियो ।

यस क्षेत्रका क्रिकेटप्रेमीहरु लाई मध्यनजर गर्दै युथ्स अफ तुलसीपुरले खेल प्रशारणको आयोजना तथा व्यवस्थापन गर्न लागेको युथ्स अफ तुलसीपुर अध्यक्ष अरुण लहरेले जानकारी दिनुभएको थियो ।

एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्। निशुल्क रुपमा खेल हेर्न आयोजकले जानकारी दिएको छ । साथै खेल अवधीभर तुलसीपुर को विपी चोकमा रहेको वर्गर हाउस एण्ड चिकेन स्टेशनमा वर्डलिंकका सम्पूर्ण ग्राहकले छुट पाउने पनि जनाईएको छ ।