बैतडीमा करेन्ट लागेर एकजनाको मृत्यु

१० भदौ,बैतडी । बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। घरभित्र कोठामा बिजुलीको तार जोडिरहेका लेखक करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाइते लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।